‘सहायक श्रीमान’लाई रसियामा पुरस्कार

काठमाडौं– नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ ।

रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले प्रथम पुरस्कार जितेको निर्देशक गणेश पाण्डेले जानकारी दिएका छन् । रसिया, अमेरिकालगायत देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई प्रथम पुरस्कारस्वरूप ग्रान्ड प्रिक्स अवार्ड प्रदान गरेको हो ।

विभिन्न देशका फिल्महरूको प्रतिस्पर्धा रहेको उक्त महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो । समारोहमा निर्देशक पाण्डेले भर्चुअल उपस्थिति जनाएका थिए ।

पाण्डेद्वारा निर्देशिक ‘भाग्यले बाँचेकाहरू’ नामक वृत्तचित्रले विश्वभर दर्जनौं अवार्ड जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.