झापामा अधिकांश संक्रमित निको भएर घर फर्किए

झापा- नेपालमा ७४ प्रतिशत हाराहारीमा कोरोना संक्रमित निको भइरहेको बेला झापामा भने ९० दशमलब ५ प्रतिशत संक्रमितहरु निको भईसकेका छन् । हालसम्म ७ जनाको मृत्यु भएको छ ।

झापामा ८ सय ४४ संक्रमित मध्ये ७ सय ६४ जना निको भईसकेको जिल्ला विपद व्यवस्थापन समितिका फोकल पर्सन जिवन चलागाईंले बताउनु भयो ।

कतिपय आइसोलेशनमा राखिएकालाई तुलसीपानी, अदुवा, वेसार तथा गुर्जोको प्रयोग गरिने गरिएको छ । खानपिनमा विशेष ध्यान दिएकोले धेरै संक्रमित निको भएर घर गएको मेचीनगरका संक्रमित राखिएको वडा नं. ११ मा रहेको धाइजन स्वास्थ्य केन्द्रको रेखदेखमा सहयोग गर्दै आउनुभएका सो वडाका अध्यक्ष सन्तोष मेचेले बताउनु भयो ।

संघीय सरकारले पछिल्लो समय हरेक स्थानीय तहलाई संक्रमितको उपचारका लागि आईशोलेन केन्द्र निर्माण गर्न दिएको निर्देशन अनुसार जिल्लामा १५ वटै पालिकाले आइसोलेन निर्माण गरेका छन् । तर कतिपय स्थानीय तहमा उचित भवनको अभाव हुँदा विपन्न आवासलाई समेत प्रयोग गरिएको झापा गाऊँपालिका वडा नं. २ का अध्यक्ष नेत्रबहादुर खड्काले बताउनु भयो ।

रोग सकेसम्म लाग्न नदिने गरी सचेत हुनु राम्रो हो । तर संक्रमित भईहाले स्वास्थ्यमा ध्यान दिने र मनोवल बढाउने कार्यमा सहयोग गरे कोरोनालाई धेरै हदसम्म जित्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.