बारामा दुर्घटना: एकै परिवारका ३ जनाको मृत्यु

बारा- पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वतर्फबाट आईरहेको बसले आज अपरान्ह स्कूटीलाई ठक्कर दिंदा बारा निजगढ-१० का एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश २–०३–००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । स्कूटीमा सवार निजगढ नगरपालिका वडा नं. १० लाल निवासी तिर्थमान स्याङ्गतान, निजकी श्रीमति ज्योति स्याङ्गतान र निजहरुको एक छोरा रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

ठक्कर दिने बसका चालक फरार रहेको र दुर्घटना भएका सवारी साधनलाई ईलाका प्रहरी कार्यालय, सिमरा ल्याउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.