नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका हुन्।

कांग्रेस सभापति गगनकुमार थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदबहाली गरिसक्नुभएको थियो।

आजको कार्यक्रममा सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहणसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसमेत वितरण गरिएको छ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो।

पार्टीको नयाँ नेतृत्वले शपथ ग्रहण गरेसँगै केन्द्रीय कार्यसमितिको बैठकसमेत बस्ने तयारी गरिएको छ। बैठकमा पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक गतिविधिबारे छलफल हुने बताइएको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.