आँधीखोलामा र्‍याफ्टिङ !

स्याङजा- लामो समयदेखि थला परेको पर्यटन व्यवसायलाई पुर्नउत्थान गर्न स्याङ्जामा निजी क्षेत्रबाट पर्यटन प्रवर्धन गर्ने कार्यक्रम सुरु हुन थालेको छ ।

सहासिक खेलको प्रचुर सम्भावना रहेको स्याङ्जामा पर्यटन व्यवसायीले आँधीखोलामा पारिवारीक र्‍याफ्टिङ सुरु गरेका हुन् ।

प्रत्येक वर्ष साउनदेखि असोजसम्म आयोजना गरिने र्‍याफ्टिङ यस वर्ष भने कोरोना महामारी कै कारण बन्द गरिएको थियो ।

विश्व पर्यटन दिवसको अबसरमा सरकारले “पर्यटनका लागि हाम्रो सन्देश , घुमौँ देश , चिनै परिवेश” भन्ने मुल नारासहित देश दर्शन कार्यक्रम सुरु गरेको छ । कोरोना महामारीले शिथिल बनाएको पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न सरकार मात्र होइन निजी क्षेत्रले पनि चासो देखाएका छन् ।

धार्मीक हिसाबले पनि निकै महत्वपूर्ण मानिने आँधीखोलामा नदीजन्य बस्तुको दोहनले पर्यटन व्यवसाय संचालन गर्न कठिन भएको पर्यटन व्यवसायी कृष्णजंग केसीको भनाइ छ ।

असोजको महिनाभर प्याकेजमा र्‍याफ्टिङ मज्जा लिन सकिने छ । पानीको बहाब र गहिराइ कम हुने भएकोले आँधीखोलामा पारिवारीक र्‍याफ्टिङ गर्दा निकै आनन्द महुसुस हुने र्‍याफ्टिङको लागि आएकी साकिरा अर्यालको अनुभव छ ।

श्रवण कुमारका अन्धा-अन्धी माता पिताले पुत्र बियोगमा बगाएको आँशुबाट बनेको अन्धाअन्धी खोला हुँदै आँधीखोला भएको भन्ने धार्मिक विश्वास छ  । त्यसो त आँधीखोला स्याङ्जा जिल्लाको सभ्यता पनि मानिन्छ ।

आँधीखोलाको संरक्षण र प्रर्बद्धन गर्दै आन्तरिक तथा बाहृय पर्यटकको आकर्षण बढाउन सके क्यानोनिइङ , प्याराग्लाइडिङ ,साइक्लिङ , र्‍याफ्टिङ जस्ता सहासीक खेल स्याङजाको समृद्धिको आधार बन्न सक्ने यहाँका जनप्रतिनिधिहरुको बुझाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.