नेपालमा कोरोना बिरुद्ध खोपको तेस्रो चरणको परीक्षणका लागि बिभिन्न ५ कम्पनी इच्छुक

काठमाडौं- नेपालमा कोरोना भाइरस बिरुध्दको खोपको तेस्रो चरणको परीक्षणका लागि बिभिन्न ५ बटा कम्पनीले प्रस्ताव गरेपनि परीक्षणको प्रकृया अझै सुरु हुन सकेको छैन ।

स्वास्थ्य अनुसन्धान परिषदका अनुसार विश्वस्वास्थ्य संगठन, बेलायतको अक्सफोर्ड बिश्वबिद्यालय, चीन, रसिया र अष्ट्रेलियाका कम्पनीहरुले खोप परीक्षणका लागि प्रस्ताव गरेका छन् ।

बिश्व स्वास्थ्य संगठनले स्वीकृत गरिसकेपछि तेस्रो चरणको खोपको परीक्षणका लागि इजाजत दिन सकिने ब्यवस्था खोप ऐन २०७२ र खोप नियमावली गरेको छ । तर खोप परीक्षण गर्नुअघि स्वास्थ्य अनुसन्धान परिषद अन्तरगतको Ethical committee ले परिक्षण गरिने खोपको बैज्ञानिक तथ्य प्रमाणको बिस्तृत अध्ययन अनुसन्धान गरेपछी मात्र तेस्रो चरणको खोप परिक्षणका लागि अनुमति दिने ब्यबस्था छ।

तर हाल सम्म कुनैपनि प्रस्ताव Ethical committee मा पुगेको छैन । नेपालमा खोप परिक्षण गर्न आवश्यक भएपनि परिक्षणको लागि नीतिगत निर्णय सरकारबाटै हुनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । त्यसकालागि खोप उत्पादन गर्ने मुलुकसँग सरकारले सिधै जी टु जी मोडलबाट संझौता गरेर खोपको परिक्षण गर्न उपयुक्त हुने भनाइ स्वास्थ्य अनुसन्धान परिषदको छ ।

हाल बिश्वका बिभिन्न मुलुकहरु खोप परिक्षण गर्ने होडवाजीमा छन् । ती मध्ये १० वटा खोपको तेस्रो चरणको परीक्षण भैरहेको छ । तेस्रो चरणको परिक्षण चलिरहेकै बेला कतिपय मुलुकहरुले खोप खरिदका लागि संझौता समेत गरिसकेका छन् भने नेपाल पनि खोप परिक्षणको प्रकृयममा रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.