बन्द रहेकै अवस्थामा केही निजी विद्यालयका शिक्षक-कर्मचारी निकालिन थाले

काठमाडौं- कोभिड-१९ महामारीको संक्रमण फैलिन नदिनकालागि मुलुकभरका विद्यालयहरु बन्द रहेको मौका छोपेर निजी विद्यालयहरुले शिक्षक र कर्मचारी निकाल्न थालेका छन् ।
आफ्ना शिक्षक र कर्मचारीमाथि आर्थिक र मानसिक शोषण गरेको आरोप लाग्दै आएका निजी विद्यालयहरुले यस अवधिमा एकातर्फ पुष महिनादेखिनै तलब दिएका छैनन् भने अर्कोतर्फ ३ हजार १ सय भन्दा बढी शिक्षक र कर्मचारीलाई जागिरबाट निकालेका छन् ।
केही विद्यालय सञ्चालकको अवस्था कमजोर रहेपनि अधिकांश विद्यालयका सञ्चालकहरुले विगतमा कमाएको सम्पत्तीबाट शिक्षक कर्मचारीलाई तलब दिनुपर्ने भनाई शिक्षकको छ ।
शिक्षककै मेहनतका कारण आर्थिक हैसियतमा निकै सुधार गरेका सञ्चालकहरुले कोभिड १९ को बहाना पारी शिक्षक र कर्मचारीलाई जागिरबाट निकाल्दा समेत शिक्षा मन्त्रालयले चासो नदिएको गुनासो शिक्षक नेतृत्वको छ । नेपालमा करिब ६ हजारको संख्यामा रहेका निजी विद्यालयहरुमा २ लाख शिक्षक तथा कर्मचारी कार्यरत् छन् ।-






प्रतिक्रिया राख्नुहोस्