शहरीकरण र अव्यवस्थित खानपानले मुटुसम्बन्धी जटिलता बढ्दो- चिकित्सक

काठमाडौं- आज विश्व मुटु दिवस । मन लगाउ मुटु बचाउ भन्ने नाराका साथ आज यो दिवस मनायिदै छ ।
विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।
शहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको चिकित्सकहरुको भनाई छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरेको छ ।
नेपालमा करिब ७५ लाख मुटु रोगि भएको नेपाल हृसयारोग निवारण प्रतिष्ठानले जनाएको छ।।






प्रतिक्रिया राख्नुहोस्