गिट्टी निकाल्ने क्रममा पुरिएर १ जनाको मृत्यु, २ जना घाइते

स्याङ्जा-  स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।

गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ ११ पेखु का ३१ बर्षीय दुर्गा थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरि पौडेलले जानकारी दिनुभयो ।

पहिरोमा वालिङ ११ कै ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिङ्जाली घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि गह्रौँ ध्याङलिङ प्रथामिक अस्पताल वालिङ पठाइएको छ  ।

योसँगै स्याङ्जामा पहिरोको कारण यस वर्ष ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.