सुनको भाउ बढ्यो

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ ।
केही समययता लगातार घटेको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २०० रुपैयाँ तोकिएको छ ।
हिजो प्रतितोला ९३ हजार ३०० रुपैयाँमा छापावाला सुन खरिद विक्री भएको थियो ।
यसैगरी आज तेजावि सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ वृद्धि भई आज प्रतितोला एक हजार १७५ रुपैयाँ कायम भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्