नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुग्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन । र यही अबधीमा ७ सय ३१ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन । नेपालमा संक्रमितको निको हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ८ सय ९१ जनाको पीसीआर परिक्षण गरिएको जानकारी दिनुभयो ।

आज काठमाडौं उपत्यकामा मात्र ९ सय ३४ जना नयाँ संक्रमित थपिएका छन । यी मध्ये काठमाडौं जिल्लामा मात्र ७ सय ४७, ललितपुरमा १सय १४ र भक्तपुरमा ७३ जना नयाँ संक्रमित थपिएका छन ।

नेपालमा देशभर ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा रहेका र २ सय १३ जना आइसीयूमा रहेको जानकारी प्रवक्ता गौतमले दिनुभयो । यसैगरी देशभरमा जम्मा ३४ जना भेन्टिलेटरमा उपचाररत छन ।

यसैगरी, देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना र होम आइसोलेशनमा १० हजार ७ सय ७ जना रहेका प्रवक्ता जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.