बलात्कारीलाई मृत्युदण्डको सजाय चाहियोः महिला सांसद

काठमाडौं- मुलुकभर महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै जाँदा महिला सांसदहरुले यस सम्बन्धमा भएका कानुनलाई परिमार्जन गरी कडा कानुन बनाउने सम्बन्धमा छलफल शुरु गरेका छन् ।
संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदहरुको भेलामा सहभागी सांसदहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने अथवा आजीवन श्रम शिविरमा राख्नुपर्ने धारणा राख्नुभयो ।
यसैगरि जाहेरी नलिने प्रहरी तथा मिलापत्र गर्ने कार्यमा संलग्न हुने परिवारका सदस्यलाई समेत मतियारका रुपमा लिंदै कारवाही गर्नुपर्ने विचार व्यक्त भएका छन् ।
त्यस्तो जघन्य अपराधको मिलापत्रमा सहयोग गर्ने जनप्रतिनिधिलाई पदबाट निलम्बन गर्नुपर्ने सुझाव समेत विधायकहरुको छ ।
महिला सांसदहरुको भेलाले बलात्कारीलाई मृत्युदण्ड दिने सजायको व्यवस्था गर्नकालागि अध्ययन गर्न सांसद बिन्दा पाण्डेको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरेको छ ।-






प्रतिक्रिया राख्नुहोस्