रङ्गशाला निर्माणलाई ५० लाख

चितवन- निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले आज रु ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गर्नुभएको हो ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु ४ करोड मध्ये पहिलो चरणमा रु ५० लाख प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिनुभयो । उहाँले क्रिकेट रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजित मध्येको रकम थप्दै लगिने जनाकारी दिनुभयो ।

महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढङ्गले निर्माणको काम अगाडि बढाइरहेकोमा खुशी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताउनुभयो ।

उहाँले रङ्गशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै सङ्घ, प्रदेश र अन्य निकायले गर्ने आर्थिक सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा रङ्गशाला निर्माणको काम भईरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.