हुम्लाको टाक्ची भ्यालीमा बिओपी पोष्ट स्थापना गरिने

हुम्ला- नेपालले हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ६ मा पर्ने लिमी लाप्चाको १२ नम्बर सिमा स्तम्भको २५ किलोमिटर टाढा  बिओपी (Border Out Post) पोष्ट स्थापना गर्ने भएको छ ।

नेपालको टाक्ची भ्यालीमा यो बिओपी पोष्ट स्थापना हुने भएको हो ।

यो नाकाका बारेमा हालै मात्र राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा चर्चा भएको थियो ।

उत्तरी हुम्लाको हिल्सा नाकाान असार ६ गते नै बिओपी पोष्ट स्थापना भइसकेको छ । यहाँ इन्स्पेक्टर सुरज केसीको कमाण्डमा २५ जना सश्स्त्र प्रहरी बलको बिओपी रहेको छ । हिल्सामा कम्पाउण्डसहित ९ कोठे पक्की घरमा सश्स्त्र प्रहरी बसेको छ ।

पछिल्लो समय कर्णालीका  उत्तरी नाकामा  तीन वटा बिओपी पोष्ट तत्काल स्थापना हुने तयारी भइरहेको सशस्त्र प्रहरी बल सुर्खेतस्थित महेश्वरी बाहिनीले जनाएको छ ।

हाल हुम्लाको लिमीको टाक्ची, मुगुको नाग्चेनाङ्ला,र डोल्पाको तिन्जे नाकामा बिओपी राख्ने पक्रिया अन्तिम चरणमा पुगेको छ ।

हुम्लामा मात्रै नेपाल चीनको २ सय ६२ किलोमिटर लामो सिमा रेखा छ । यहाँ १० सिमा स्तम्भ छन् । लिमीस्थित टाक्ची समुन्द्री सतहबाट ४ हजार मिटर अग्लो स्थानमा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.