“जोखिम मोल्दै, खोला तर्दै”- झापाका स्थानीय

झापा- झापाको बहुप्रतिक्षित हुलाकी सडक अन्तर्गत पर्ने विरीङ्ग र कन्काई नदीको पुल समयमा नबन्दा दक्षिण झापाका मानिसको बर्षौं देखिको हैरानी हट्न सकेको छैन ।

झण्डै १० बर्ष बित्न लाग्दासमेत आधा पनि काम नगर्ने निर्माण कम्पनिलाई सरकारले कार्वाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

झापाका कन्काइ र विरीङ खोलाका पुल अझै आधा पनि निर्माण भएको छैन । एक दशक देखि निर्माण थालेको यी दुई वटा पुल संचालनमा नआउँदा डुङ्गाको भरमा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता हट्न सकेको छैन ।

लामो समय अलपत्र छाडेर गत बर्षदेखि निर्माण शुरु गरिएको पुलको काम २०६८ सालमा सम्झौता भई काम थालिएको हो ।

यी दुई खोलाको पुल निर्माण हुने हो भने झापामा हुलाकी सडक संचालनमा आउने अवस्थामा पुगेको छ ।

लामो समय पछि गत बर्ष कामको थालनी भए पनि पुन काम रोकिएकाले पुल बन्ला कि भन्ने आशा हराउँदै गएको स्थानीयले बताएका छन् ।

कन्काई नदीमाथिको निर्माणाधिन पुल

तथापि निर्माण कम्पनिका कर्मचारीले भने पुल बनाएरै छाड्ने दावी गर्दै आएका छन् ।पुल निर्माणको काम पुन चाँडै सुचारु हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जानकारी दिएको छ ।

विरीङ नदीको पुल लामा मैनाचुली जेभीले १५ करोड ५० लाखमा ठेक्का लिएको हो । यस्तै, कन्काईको पप्पु कन्ट्रक्सन र महादेव खिम्ती जेभीले ३४ करोड रुपयाँमा ठेक्का लिएका हुन ।

ठेक्का लिएर पटक पटक म्याद थप गर्ने तर काम नगर्ने यस्ता कम्पनीलाई सरकारले कडा कार्वाही गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.