एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु, क्यान्सरका बिरामीसहित ४ घाइते

चितवन- चितवनको ईच्छाकामना गाउँपालिका-३ पृथ्वीराजमार्गको पानीधारा भन्ने स्थानमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाईते भएका छन् ।
दुर्घटनामा सर्लाही बरहथवा न.पा. २ बस्ने बर्ष १५ की बाधे राना मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक नान्तीराज गुरूङले बताउनु भयो ।
दुर्घटनाका घाईतेहरूलाई शसस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन शिक्षालय कुरीनटारबाट गएका टोली उध्दार गरेको थियो ।
काठमाण्डौबाट बिरामी लिएर सर्लाहीतर्फ गईरहेको ना५च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेको थियो ।
दुर्घटनाका घाईते हरूमा एम्बुलेन्स चालक झापा गौरीगन्ज गा.पा. १ बस्ने बर्ष २८ को सरोज दाहाल, सर्लाही बरहथवा न.पा. २ बस्ने बर्ष ५० की दिल माया राना मगर, क्यान्सर बिरामी सर्लाही बरहथवा बस्ने बर्ष २६ की मेक कुमारी राना मगर र सर्लाही बरहथवा न.पा. २ बस्ने बर्ष ३४ को नर बहादुर मगर घाईते भएका छन् । घाइते सबैको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।-






प्रतिक्रिया राख्नुहोस्