प्रहरीको क्षमता अभिवृद्धिका लागि नीतिगत सुधार र आधुनिक तालिम प्राथमिकतामा: प्रम शाह

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार विकासमार्फत थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले प्रहरीको क्षमता अभिवृद्धिका लागि नीतिगत सुधार, कानुनी सहजता र आधुनिक तालिमलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि राष्ट्र बैङ्क, टेलिकम तथा इन्टरनेट सेवा प्रदायक र डिजिटल वालेटसँगको सहकार्यमा नागरिकका गुनासा सम्बोधन गर्ने व्यवस्था भइरहेको बताउनुभयो ।

साथै, कृत्रिम बुद्धिमत्ता (एआई), एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट र इन्टिग्रेटेड एन्टिस्काम सेन्टर स्थापनाको तयारी भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.