नेपाल टेलिभिजन र नेपाल बैंकबीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपाल टेलिभिजन र नेपाल बैंक लिमिटेडबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यी दुई संस्थाबीच आर्थिक वर्ष २०८३-८४ का लागि सन्देशमूलक सामग्री प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतामा नेपाल टेलिभिजनका तर्फबाट कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौत र नेपाल बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गर्नुभयो ।

सम्झौतामा नेपाल बैंकका वरिष्ठ प्रवन्धक निर्मल सुवेदी तथा नेपाल टेलिभिजन व्यापार महाशाखा प्रमुख वसन्तकुमार रुपाखेतीले पनि हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौता अनुसार नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट दैनिक १४ पटक र एनटीभी न्युज च्यानलबाट दैनिक २० पटक नेपाल बैंकले उपलब्ध गराएको सन्देशमूलक पीएसए समाग्री प्रसारण गरिनेछ । ३० सेकेन्ड अवधिको उक्त सन्देशमुलक सामाग्री समाचार अघि प्रसारण गर्ने सम्झौता भएको छ ।

सम्झौतापछि नेपाल टेलिभिजनका कामु प्रमुख प्रशासकीय अधिकृत चटौतले लामो इतिहास बोकेका दुई संस्थावीचको सहकार्यले आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान दिने बताउनुभयो । साथै पछिल्लो समय डिजिटल कारोबारको प्रभावकारिता बढिरहेको र वित्तीय साक्षरताको अवश्यकता पनि उत्तिकै रहेकाले त्यसतर्फ यो सहकार्यले थप टेवा पुग्ने विश्वास उहाँको थियो ।

त्यस्तै,कार्यक्रममा बैंकका प्रमुख वित्त अधिकृत काफ्लेले दुई वटा अग्रणी संस्था नेपाल टेलिभिजन र नेपाल बैंकको सहकार्यले यी दुई संस्थाको उन्नतिमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

नेपाल बैंकले उत्पादन गरी नेपाल टेलिभिजनलाई उपलब्ध गराएको सन्देशमूलक सामग्री दुवै पक्षले युट्युब लगायतका डिजिटल प्लाटफर्महरुमा पनि प्रचारप्रसार गर्नेछन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.