८० प्रतिशत विद्यार्थी कुनै न कुनै वैकल्पिक शिक्षा प्रणालीमा जोडिएका छन्ः युनिसेफ

काठमाडौं- नेपालका ८० प्रतिशत विद्यार्थी कुनै न कुनै प्रकारको वैकल्पिक शिक्षा प्रणालीमा जोडिएको युनिसेफले जनाएको छ ।

युनिसेफले गरेको एक सर्वेक्षणले सुदुरपश्चिम प्रदेशका ३० प्रतिशत र बागमती प्रदेशका २१ प्रतिशत बालबालिका कुनैपनि वैकल्पिक शिक्षा प्रणालीमा नजोडिएको देखाएको हो । प्रणालीमा आबद्ध भएका मध्येपनि ४२ प्रतिशत बालबालिकाले अध्ययनमा रुची नदेखाएको र उनीहरु टिभी हेर्न र खेल्नमा नै व्यस्त भएको पनि सर्वेक्षणबाट देखिएको छ ।

यसैगरि २० प्रतिशतले इन्टरनेटको पहुँच नभएको, २१ प्रतिशतले बिजुलीको अभाव र २३ प्रतिशतले अध्ययन सामग्रीको अभाव भएको बताएका छन् ।

कोभिड-१९ ले नेपालको परिवारमा पारेको सामाजिक आर्थिक प्रभावका बारेमा गरिएको अध्ययनमा ६१ प्रतिशत घर परिवारले रोजगारी गुमाएको र २१ प्रतिशतले तत्काल खाद्यान्नको आवश्यकता रहेको बताएका छन् ।

पोषणयुक्त खानेकुरा नपाउँदा आफ्ना बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन सक्ने चिन्ता पनि सर्वेक्षणमा सहभागीहरुले व्यक्त गरेका छन् । घरभित्र बस्न बाध्य बालबालिकाहरुमा रिसाउने, झर्किने लगायतका समस्याहरु बढ्न थालेको अनुभव अभिभावकले गरेका छन् ।

विगतमा गरेको बचतलाई परिचालन गरेर तथा ऋण लिएर आफ्नो जीवन गुजारिरहेका मध्ये ४१ प्रतिशत मानिसले आगामी दिन अवस्थामा सुधार आउने विश्वास गरेका छन् भने १३ प्रतिशतले थप बिग्रने अनुमान गरेका छन् ।

बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटनाहरु बढेको भन्दै युनिसेफले कोभिड-१९ सम्बन्धी स्वास्थ्य सुरक्षाको सचेतनाका बारेमा सजग मानिसको संख्या ७२ प्रतिशत रहेको जनाएको छ ।

विभिन्न ११ वटा विषयलाई केन्द्रित गरी युनिसेफले प्रत्येक महिना सर्वेक्षण गर्न थालेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.