‘पीडित बालबालिकाको न्यायमा पहुँच पुग्न सकेन’

काठमाडौं- मानव बेचविखन तथा यौन शोषणबाट प्रभावित बालबालिकाहरुको न्यायमा पहुँच पुग्न नसकेको एक अध्ययनले देखाएको छ ।

मानव बेचविखन विरुद्ध चौधौं राष्ट्रिय दिवस, २०७७ भदौ २० को सन्दर्भमा बुधवार सार्वजनिक गरिएको ‘मानव बेचविखन तथा यौन शोषण प्रभावितहरुको न्यायमा पहुँच विषयक अनुसन्धान प्रतिवेदनले उनीहरुको न्यायमा पहुँच पुग्न नसकेको देखाएको हो । एट्टविन र सिविसद्वारा आयोजित कार्यक्रममा अनुसन्धानकर्ता पिङ्कीसिंह राणाले मानव बेचविखन तथा यौन शोषणबाट प्रभावित २४ जना बालिकामाथि गर्नुभएको अनुसन्धानमा १३ जनाले मात्र उजुरी दिइएको पाइएको छ भने पीडित एक सयजनामध्ये ५ प्रतिशतले मात्र न्यायको लागि उजुरी गर्ने गरेको छ ।

प्रभावितमध्ये आधा सङ्ख्याले उजुरी नदिनुको कारण सोध्दा उनीहरुको पक्षमा न्याय पाउने सम्भावना कम देख्नु, पीडक पक्षले घटनालाई दबाउन दबाब दिनु र कतिपयलाई समाजमा बेइज्जत हुन्छ भन्ने डर, भ्रमले चुपचाप सहेर बस्नुपरेको कारण बताएको अनुसन्धानमा उल्लेख छ ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले मानव बेचविखन र यौन शोषण सम्वन्धी विषय पाठ्यक्रममा समावेश गर्ने काम अन्तिम चरण पुगेको बताउनुभयो । उहाँले न्यायमा सबैको पहुँच पु¥याउन व्यक्ति, परिवार, संस्थालगायतले सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.