लक्ष्मी बैंको अध्यक्षमा नेपाल

काठमाडौं- लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको आजको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको शपथ लिनुभएको छ ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका अध्यक्ष नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषका तर्फबाट २०७५ फागुनदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.