पर्सा, बारा र रौतहटका १ सय १० जना थप संक्रमित

पर्सा- नारायणी अस्पतालको पीसीआर प्रयोशालामा पर्सा, बारा र रौतहट जिल्लाको विभिन्न स्थानबाट ल्याइएको ५ सय ७६ वटा स्वाबको नमुनाहरु परिक्षण गर्दा थप १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ।

थपिएका सङ्क्रमित मध्ये ६९ जना पर्सा जिल्लाका हुन भने २४ जना बारा जिल्ला र १७ जना रौतहट जिल्लाका हुन।

३० महिलासहित थपिएका सङ्क्रमितहरुमा डेढ वर्षको बालकदेखि ८० वर्षको वृद्धसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो । पर्सामा थपिएका सङ्क्रमितमध्ये वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका ४९ जना रहेका छन् ।

त्यसैगरी पर्सागढी नगरपालिकाको वडा नम्बर ४ र ७ का गरेर सात जना, बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ र ५ गरेर पाँच जना, पोखरिया नगरपालिकाको वडा नम्बर ४ र १० गरेर चार जना र कालिकामाई गाउँपालिकाको वडा नम्बरको २ को चार जना रहेका छन् ।

त्यस्तै बारा जिल्लामा थपिएका सम्पूर्ण सङ्क्रमितहरु कलैया उपमहानगरपालिकाको विभिन्न वडाका बासिन्दा हुन् । त्यसैगरी रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर ३ का १७ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका २४ भन्दा कम सिटि भ्यालु भएका ३४ जना सङ्क्रमित रहेका छन् भने २४ भन्दा माथि सिटि भ्यालु भएका ७६ जना सङ्क्रमित रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.