लम्जुङमा १ सय वटा आइशोलेशन बेड थप

लम्जुङ- कोरोना संक्रमितको संख्या बढेसँगै लमजुङमा १०० वटा आइसोलेशन बेड थपिएको छ ।

एक सय शैयासहित जिल्लामा निर्माण भएका तीनवटा आइसोलेशन कक्षका सबै शैया भरिएका र दिनहुँ कोरोना संक्रमितहरु थपिन थालेपछि १ सय वटा बेड थप गरिएको हो । यो सँगै अब लम्जुङमा २०० वटा बेड पुगको छ ।

हालसम्म लमजुङमा कोरोना संक्रमितहरुको सँख्या दुई सय ४० पुगेको छ । कुल संक्रमितमध्ये एक सय १३ जना संक्रमण मुक्त भएपनि हाल एक सय २७ जना आइसोलेशनमा राखिएका छन् ।

निर्माण गरिएका आइसोलेशन बेड भन्दा संक्रमितको सँख्या धेरै भएकोले व्यवस्थापनमा चुनौति थपिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

लम्जुङमा आजसम्म संक्रमितहरुको संख्या दुई सय ४० पुगेको छ ।

जिल्लामा देखिएका संक्रमितमध्ये महिलाहरुलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ भने पुरुष संक्रमितहरुलाई बेसीशहरकै शहरी विकासको भवन र सुन्दर वजारको नमुना सामुदायिक अस्पताल र थप गरिएको लमजुङ कृषि क्याम्पसको आइसोलेशन राखिएको छ ।

जिल्लामा पत्रकार, स्वास्थ्यकर्मी, बैंकर्स, नेपाली सेना, नेपाल प्रहरी, रेस्टुरेन्ट संचालक, छापाखाना संचालक र अन्य सर्बसाधरणहरु पनि कोरोना संक्रमित भएका छन् ।

यति खेर जिल्लामा सरकारी कार्यलय सघं स‌ंस्था, बैंक लगायत सम्पूर्ण सघं संस्था बन्द रहेका छन भने एम्बुलेन्स, सुरक्षाकर्मी र खाद्यान्न बोक्ने सवारी साधनबाहेक अरु सवारी साधनहरुमा रोक लगाइएको छ ।

सिएमसीको निर्णय अनुसार बेसीशहर नगरपालिका अन्तर्गत वडा नम्वर १, २, ३, ७ र ८, सुन्दरवजार नगरपालिका अन्तर्गत वडा नं. २, ५, ६, ७, ८ र ९ तथा मध्यनेपाल नगरपालिकाको वडा नं. २, ३, ४, ६ र ७, एवं क्व्होँलासोथर गाउँपालिकाको वडा नं. १, २, ३ र ४ को सम्पुर्ण वजार क्षेत्र र राइनास नगरपालिकाको सम्पुर्ण वजार क्षेत्रमा भदौ २४ गतेसम्मका लागि निशेधाज्ञा जारी भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.