सात सयले घट्यो सुनको मूल्य

काठमाडौं-  स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु ७०० ले कमी आई रु ९६ हजार ५०० मा कारोवार भएको छ ।

बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ ।

यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु एक हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २६५ कारोवार भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.