कोरोनाबाट काठमाडौंमा मात्रै तीन जनाको मृत्यु, देशभर ९ जनाको ज्यान गयो

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)बाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंका मात्रै तीन पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी पर्साका ७५ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार मोरङका ४२ वर्षीया, मकवानपुरका ५२ वर्षीया र नवलपरासीका ३७ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.