निजामती सेवा पुरस्कार पाउनेको नामावली प्रकाशित (सूचीसहित)

काठमाडौं– निजामती सेवा दिवस, २०७७ को अवसरमा पुरस्कृत हुने कर्मचारीहरुको नामावली सार्वजनिक भएको छ ।

निजामती सेवा दिवस, २०७७ को अवसरमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार पुरस्कृत कर्मचारीको नामावली सार्वजनिक गरेको हो । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सहसचिव सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपसचिव डिलाराम पन्थी, सीडीई सुरतकुमार बम, उपसचिव टामलाल पाण्डेले पाउनुभएको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कारबाटै कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अधिकृत उषादेवी देवकोटा र प्रधानमन्त्री कार्यालयका हलुका सवारी चालक धनबहादुर लामाले पाउनुभएको छ ।

निजामती सेवा पुरस्कारबाट भने ३० जना पुरस्कृत हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.