बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो

काठमाडौं- बंगलादेशले कोभिड-१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत हिजो साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सहायकरथी आशिषनरसिँह राणाका नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.