तीनधारे झरनामा झुम्मिए पर्यटक (फोटो फिचर)

काभ्रे- काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलबाट लगभग ३० किलोमिटरको दूरीमा रहेको रोशी गाउँपालिका वडा नम्बर २ काफल डाँडास्थित तीनधारे झरनामा आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।

कोरोनाको त्रासका बिचमा पनि झरना निकै सुन्दर भएकोले काभ्रे, काठमाडौं उपत्यका लगायतका ठाँउबाट पर्यटकहरु यहाँ आउने गरेका छन् ।

ग्रामीण क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्दै मनोरम दृश्यावलोकनका लागि तीन धारे झरनामा आएको आन्तरिक पर्यटकहरुको भनाइ छ ।

महाभारत लेकबाट तीन वटा धारा झरेकाले तीन धारे झरना भनिएको रोशी गाउँपालिका वडा नम्बर २ अध्यक्ष पोते लामाले जानकारी दिनुभयो ।

आजकाल झरनामा रमाउन सो ठाउँमा दैनिक ५/६ सयको संख्यामा मानिसहरु आउने गरेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.