दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीको उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी दुर्घटनामा परेर गम्भिर घाइते भएका छन् ।
आइतबार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको आफन्त करन ठगुन्ना पनि घाइते भएका थिए ।
दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।
नेपालगन्ज मेडिकल कलेजले रिफर गरी थप उपचारको लागि आज सिम्रिक एअरबाट काठमाण्डौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको नेपाली राष्ट्रिय क्रिकेट टीमका क्याप्टेन ज्ञानेन्द्र मल्लले ट्वीट मार्फत जानकारी गराउनु भएको छ ।
उनको हात र खुट्टामा गम्भीर चोट लागेको थियो ।
नेपाल क्रिकेट संघले ट्वीट मार्फत उनको अबस्था खतरामुक्त रहेको जनाएको छ । पछिल्लो जानकारी अनुसार उनको टाउकोको सिटी स्क्यान सामान्य रहेको छ ।।
Update: According to the doctor, a CT scan of @LalitBhandari72
has been done and there is no head injury. The situation is normal right now. There are injuries on the hands and feet. Officials of the Provincial Cricket Association are coordinating in the treatment process.— CAN (@CricketNep) September 14, 2020






प्रतिक्रिया राख्नुहोस्