निजी तथा सार्वजनिक यातायात सञ्चालनमा आउने

काभ्रे- कोभिड–१९ कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका सार्वजनीक यातायात सञ्चालन आउने भएका छन् । आज बसेको जिल्ला स्तरीय कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार ‘कोभिड १९ को संक्रमण फैलिरहेको अवस्था भएता पनि सर्वसाधारणको कठिनाइलाई मध्यनजर गर्दै जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेको जानकारी दिनुभयो ।

जिल्लाको बीपी राजमार्गको मंगलटारदेखि बनेपा, अरनिको राजमार्गको दोलालघाट देखि बनेपा र काभे्र जिल्लामा सञ्चालन हुँदै आएका सबै आन्तरिक रुटहरुका सार्वजनिक यातायात सञ्चालन गर्न पाउने भएका छन् । सार्वजनिक यातायातलाई काठमाडौं उपत्यका प्रवेश निषेध भएकोले सबै यातायात बनेपा बसपार्कसम्म चल्न पाउने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.