बाह्रबिसे पहिरोमा हराएका थप २ को शव फेला

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को भिरखर्कबाट झरेको पहिरोमा परी बेपत्ता भएकामध्ये थप २ जनाको शव फेला परेको छ । दुईजनाको शव फेला परेसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

पहिरोमा पुरिएका १८ जनाको खोजी जारी छ । सुरक्षाकर्मी र स्थानीयहरुले पहिरो पन्छाउँदै खोजीकार्य जारी राखेका छन् । पहिरोमा १८ घर पुरिएका छन् भने सो गाउँ वरपरका करिब ६० घरहरु उच्च जोखिममा छन् ।

पहिरोमा भीरखर्कका चार, नाकपुजेका ११ र नेवार टोलका सात गरी २२ घर पूर्णरुपमा क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.