बाह्रबिसेको पहिरोमा पुरिएका मध्ये १४ जनाको शव भेटियो

१७ जना अझै बेपत्ता

सिन्धुपाल्चोक- गत आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा परेका मध्ये हालसम्म १४ जनाको शव फेला परेको छ । सो पहिरोमा हराएका मध्ये १७ जना अझै भेटिएका छैनन् ।

खोजिकार्य जारी रहेपनि ठूलो पहिरोका कारण हराएकाहरु फेला पार्न नसकिएको हाम्रा समाचारदाताले जनाएका छन् । घटनास्थलमा डोजर पुगेपछि त्यसको सहायताले खोजीकार्य गरिने भएको छ ।

बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिका ,जुगल गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका लगायतका स्थानमा रहेका घरहरु स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका छन् ।

दुई महिनाको अवधिमा सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाको मृत्यु भएको छ । भने ४१ जना बेपत्ता भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.