पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति सेवा बन्द

कास्की- पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अप्रेशन गरिएको बिरामीमा कोरोना संक्रमण देखिएपछि प्रसुती वार्ड समेत अप्रेशन सेवा बन्द गरिएको छ ।

अस्पतालमा अप्रेशन गरी बच्चा जन्माएकी शुक्ला गण्डकी १० तनहुँकी २४ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको प्रसुती वार्डका आकस्मिक र अप्रेशन वाहेकका सबै सेवा बन्द गरिएको हो ।

अस्पतालका चिकित्सकसहित ३२ जना आईसोलेशनमा बसेका छन् ।

भदौ २७ गते अस्पताल भर्ना भई अप्रेशन गरिएकी महिलाको पीसीआर परिक्षणमा कोरोना संक्रमण देखिएपछि अस्पताल बन्द गरी निर्मलीकरण गर्नका लागि आकस्मिक सेवा बाहेकका सेवा बन्द गरिएको पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

पछिल्लो अध्याबधिक तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ जना पुगेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.