परीक्षण बढ्यो, संक्रमित पनि बढे

काठमाडौं– पर्सा जिल्लामा कोरोना परीक्षणको दायरा बढेसँगै संक्रमितको दर पनि थपिएका छन् । एकैदिनमा १ सय ५२ जनाको पीसीआर परिक्षण गर्दा ५ संक्रमित थपिएका छन् ।

विगत केही दिनदेखि पर्सामा परीक्षणको संख्या कम भएको कारण संक्रमित पनि घटेका थिए । गत सोमबार ४० जनाको परीक्षण गर्दा एकजना पनि संक्रमित थपिएका थिएनन् । तर मंगलबार परीक्षणको दायरा बढाएर १ सय ५२ जनाको परीक्षण गर्दा ५ जना संक्रमित थपिएका हुन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ४ पुरुष र १ महिला गरी जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतलाका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.