काठमाडौंका २४ ठाउँमा ट्राफिक लाइट

काठमाडौं– काठमाडौंको २४ वटा स्थानमा ट्राफिक लाइटको व्यवस्था गरिएको छ ।

कमलपोखरीको ल्होत्से चोक र भाटभटेनी चोकमा ट्राफिक लाइट राखिएसँगै थप २४ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आएको हो । स्थानीय सरकारको सहयोगमा सवारी आवागमनलाई व्यवस्थित र सहज बनाउने उदेश्यले सेमी पोटेबल ट्राफिक लाइटको व्यवस्था गरिएको महानगरिय ट्राफिक कार्यालय परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रविधिमैत्री ट्राफिक लाइटले ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ । काठमाडौंको बानेश्वर ,कालीमाटी लगायतका २२ स्थानमा यसअघि नै लाइट सञ्चालनमा आइसेकको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.