दोलखाका शैक्षिक संस्था असोज ७ देखि खुल्दै

दोलखा- दोलखामा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउँदै आगामी असोज ७ गतेबाट शैक्षिक संस्था खुल्ने भएको छ ।

जिल्ला समन्वय समिति दोलखाको समन्वयमा बसेको जिल्लाका सरोकारवाला तथा स्थानीय सरकारका प्रमुख सहितको बैठकले शैक्षिक संस्था खुलाउने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड सहित कार्य योजना बनाएर आधारभुत र माध्यमिक तहको कक्षा संचालन गर्ने निर्णय गरेको हो ।

आधारभुततहका विद्यार्थीलाई सिकाई केन्द्रको रुपमा टोलटोलमै पुगेर शिक्षकहरुबाट पठनपाठन गराईने निर्णय भएको जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.