शुभेच्छुकलाई डा. कोइरालाको भिडियो सन्देश- “चिन्ता लिनुपर्दैन”

काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि ओम नर्सिङ होमको आइसोलेशन कक्षमा उपचार गराइरहनुभएका महामन्त्री डाक्टर कोइरालाले आज छोटो भिडियो सन्देश दिनुहुँदै आफूलाई  सुधार भइरहेको र अब २-३ दिनपछि डिस्चार्ज हुने जानकारी दिनुभएको छ ।

उहाँले आफ्ना शुभेच्छुकहरुलाई चिन्ता नलिन पनि आग्रह गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.