पाल्पामा कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु

पाल्पा– पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका –७ टिन्टीआपका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनको बिहीबार बिहान उपचारका क्रममा भूषलडाँडामा निर्माण गरिएको आइसोलसमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । गत भदौ २५ गते स्वास्थ्यमा समस्या देखिएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचाररत पुरुषलाई २६ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका क्रममा २९ गते कोरोना पुष्टि भएको सूचना अधिकारी पन्थीले बताउनुभयो ।

अधिक मदिरा सेवनले लिभरमा समेत समस्या रहेको हुँदा कोरोना कारोना संक्रमण पश्चात मृत्यु भएको सूचना अधिकारी पन्थीले बताउनुभयो । योसँगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ती पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि पूर्वखोलाका १ का ४५ वर्षीय पुरुष र तानसेन नगरपालिका ८ की ३० वर्षीया महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.