बामदेव गौतम राष्ट्रिय सभामा मनोनीत, आजै ४ बजे शपथ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा (२)को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्नुभएको हो ।

तीन दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त राष्ट्रिय सभा सदस्य गौतमको शपथ बिहीबार अपरान्ह ४ बजे सिंहदरवारमा तय भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई शपथ खुवाउनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.