पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै ६१८ संक्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १०६४१ जनाको पीसीआर परीक्षण गर्दा १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
बितेको २४ घण्टामा १२४३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४२९४९ रहेको छ ।
काठमाडौं उपत्यकामा मात्रै ६१८ संक्रमित
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६१८ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।
काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।





प्रतिक्रिया राख्नुहोस्