कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीन महिला र एक पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङमा ६४ वर्षीया महिला, चितवनमा ३६ वर्षीया महिला, कैलालीमा ५७ वर्षीया महिला र काठमाडौंमा ८३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६४ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.