राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्दिन : गौतम

गौतमद्वारा शपथ

काठमाडौं– राष्ट्रियसभा सदस्यमा मनोनीत हुनु भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित कृषि समितिको हलमा आयोजना गरिएको समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्य गौतमलाई शपथ गराउनुभएको हो ।

सपथ पछि बोल्नुहुदै गौतमले पार्टीको निर्णय अनुसार नै राष्ट्रियसभा सदस्यमा मनोनित भएको र पार्टीले लिएको उद्देश्य पूरा गर्नमा आफ्नो भूमिका रहने बताउनुभयो ।उहाँले आफू राष्ट्रिय सभाको सदस्य रहेसम्म संस्थाको गरिमा र प्रतिष्ठा गिराउने गरी काम नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत सहभागी हुनुहुन्थ्यो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई बिहीबार नै राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नु भएको हो ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली रहेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.