६ महिनापछि सुरु भयो लामो तथा मध्यम दूरीका यातायात

काठमाडौं– लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात बिहीबारदेखि सञ्चालनमा आएका छन् ।

कोभिड १९ भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैत ११ मा लकडाउन गर्नु केहीदिन अघिबाटै लामो दूरीका सार्वजनिक यातायात रोकेको थियो । सरकारको हालैको निर्णयसँगै करिव ६ महिनापछि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएको हो । तर कोभिड भयकै कारणले यात्रु अभावमा आज पहिलो दिनको विहानी उपत्यकाबाट बाहिर जाने यातायातको संख्या नगन्य मात्र थियो ।

काठमाडौंको कलंकी, बल्खु र कोटेश्वर नाकाबाट बिहान केही सुमो र माइक्रो बस मात्र बाहिरिएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै यातायात सञ्चालन गर्न अनुरोध गरेको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।

सरकारले पनि आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्न अनुरोध गरेको छ । सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

यसैबीच सरकारले आन्तरिक हवाइ उडान पनि बिहीबारबाटै सञ्चालन गर्ने निर्णय गरेपनि हवाइ सेवा ५ गतेबाट सञ्चालनमा आउने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.