बाजुराको हिमालीमा बाढिपहिरो : ३ जना सम्पर्कबिहिन, लाखौंको क्षति

बाजुरा- बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ मा परेको अबिरल बर्षाका कारण लाखौंको क्षति भएको छ । बाढीका कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा साधा घट्ट र ३ वटा काठेपुल पनि बगाएको छ ।

वर्षासँगै आएको बाढीले स्थानीयका १० वटा घर र पाक्न लागेको धानबाली र कोदो समेत बगाएको प्रहरीले जनाएको छ । साथै बाढी आएपछि सोही ठाउँका ३ जना सम्पर्कबिहीन रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

माछा मार्न खोलामा गएका ३ जना सम्पर्कमा नआएको र प्रहरीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले जानकारी दिनुभएको छ । घटना र बाढीको क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक ठगुन्ना बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.