पाँचौ संविधान दिवस मनाइँदै

काठमाडौं– संविधान दिवस हर्षोल्लासका साथ मनाऔं भन्ने मुल नाराका साथ आजदेखि पाँचौ संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

सार्वभौमसत्ता जनतामा रहनेगरी २०७२ साल असोज ३ गते संविधानसभाले नेपालको वर्तमान संविधान जारी गरेको हो । नेपाली जनताले संविधानसभा मार्फत आफ्नो संविधान आफै लेख्ने सौभाग्य प्राप्त गरेकोले संविधान दिवसलाई महत्वपूर्ण दिनको रुपमा मनाउन नेपाल सरकारले आम नागरिकलाई आह्वान गरेको छ ।

संविधान दिवसको मूल समारोह शनिबार सैनिक मञ्च टुडिखेलमा आयोजना हुँदै छ। संविधान दिवसका अवसरमा शुक्रबारदेखि ३ दिन सम्म परिसम्वाद , जनचेतनामुलक कार्यक्रम जागरण गीत प्रसारण लगायतका कार्यक्रम सञ्चालन गरिदैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.