पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकातर्फ सुचारु

धादिङ– वर्षाका कारण आएको पहिरोले अबरुद्ध पृथ्वी राजमार्ग एकातर्फ सुचारु भएको छ । गजुरी गाउँपालिकास्थित गलौदीमा वर्षापछि आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । स्थानीय प्रहरी सडक विभागको सहयोगमा सडक एकातर्फी सञ्चालनमा ल्याएको हो । अवरुद्ध राजमार्गका कारण आज निकै यात्रु बाहक सवारीका साधनहरु राजमार्गमा रोकिएका थिए ।







प्रतिक्रिया राख्नुहोस्