कोरोना नियन्त्रणमा सरकारले गरेका कामहरु उराठलाग्दो होइन, उत्साहजनक छः प्रधानमन्त्री (भिडियोसहित)

संविधान दिवसमा टुँडिखेलबाट प्रधानमन्त्रीद्वारा देशबासीमा शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छैटौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा देशबासीमा शुभकामना व्यक्त गर्नुभएको छ । टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्दै स्वदेश तथा विदेशमा रहनुभएका नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको हो ।

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको जीवनरक्षा पहिला भनेर हरसम्भव प्रयास गरिएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई सचेत बनाउँदै जीवनरक्षाका लागि छिमेकी मुलुकभन्दा पहिला नियन्त्रण, रोकथाम र उपचारका लागि काम गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले गरेका कामहरुलाई समीक्षा गर्दा उराठलाग्दो नभएको बताउँदै बरु उत्साहजनक रहेको उल्लेख गर्नुभयो ।

कोरोना महामारीको अवस्था नआएको भए ठूला आयोजनाहरु पूरा हुनेक्रममा हुने थिए भन्दै प्रधानमन्त्री ओलीले तर पनि विकास आयोजनाका कामहरुलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीकाबीच पनि समग्र आर्थिक सूचकहरु नकारात्मक नभएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.