कैलालीमा पत्रकार मृत फेला

काठमाडौं– कैलालीस्थित रेडियो कैलाली एफएममा कार्यरत पत्रकार निर्मला पहराई मृत अवस्थामा फेला पर्नुभएको छ । २३ वर्षीया पहराईलाई कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित जंगलमा झुण्डिएको अवस्था फेला पर्नुभएको हो ।

नेपाल पत्रकार महासंघले स्वर्गीय पहराईप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

केही दिनअघि सम्पर्कविहीन रहेकी पहराई झुण्डिएको अवस्थामा फेला परेको घटनाबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न महासंघले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.