संविधान जारी भएपछिको पाँच वर्ष उपलब्धीमुलकः अन्सारी

काठमाडौं– राष्ट्रिय मुस्लिम आयोग अध्यक्ष समिम मियाँ अन्सारीले संविधान जारी भएपछिको पाँच वर्ष उपलब्धीमुलक भएको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अन्सारीले केन्द्रीकृत शासन व्यवस्थाको स्थानमा संघीय शासन प्रणालीको व्यवस्था गर्नु यस संविधानको महत्वपूर्ण उपलव्धि भएको बताउनुभएको छ । ‘संविधान कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा पनि पछिल्लो पाँच बर्षमा महत्वपुर्ण उपलब्धी हासिल भएको छ । ठूलो बलिदानी र संघर्षबाट प्राप्त यो संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा आम नेपालीमा आह्वान गर्दछु,’ सन्देशमा भनिएको छ ।

अन्सारीले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्न सजग र सतर्क रहन अनुरोधसमेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.