गणतन्त्र स्मारकमा पहिलो पटक कार्यक्रम

काठमाडौं– संविधान जारी भएको पाँचौ वर्ष पूरा भएको अवसरमा गणतन्त्र स्मारकमा पहिलो पटक कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसको अवसरमा गणतन्त्र स्मारक नारायणहिटीमा शहिदहरुको सम्झनामा पुष्पगुच्छा अर्पण गरिएको हो । गणतन्त्र स्थापनाका क्रममा ज्यान गुमाएका ज्ञात अज्ञात शहिदहरुको सम्मान र सम्झनामा पुष्पगुच्छा अर्पण गरिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आयोजना गरेको कार्यक्रममा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति रहेको थियो । उहाँहरुले गणतन्त्र स्मारको अवलोकनसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.